सरकारले रंगमञ्चलाई वास्ता गरेन : सरोज खनाल

आज ६२ औं रंगमञ्च दिवस मनाइएको छ । सोमबार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरू गरी रंगमञ्च दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भए पनि अझै रंगकर्मीहरूले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताए । उनले अझैसम्म पनि रंगकर्मीहरूले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको बताए । अभिनेता खनालले सरकारले रंगकर्मीहरूलाई बेवास्ता गरेको आरोप लगाए।

कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरूका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन् । उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन् ।

अभिनेत्री शर्माले रंगकर्मीहरू सबै मिलेर मात्रै रंगमञ्चको विकास र विस्तार गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *