मिटरब्याजपीडितहरूकाे प्रदर्शन राेक्न खाेज्दा बालेनविरुद्ध लाग्याे ‘मुर्दावाद’काे नारा

११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याजपीडितहरूले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।

११ दिनसम्म तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज खुलामञ्च गेट अगाडि प्रदर्शन गरेका हुन् । पीडितहरू खुलामञ्चमा बस्नका लागि आए पनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएको छ ।

खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै गेटमा नै धर्नामा बसेका छन् । पीडितहरूले महानगर पालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजी समेत गरेका छन् ।

मिटरब्याजपीडितहरूले खुला मञ्चमा विरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि नदिइएको बताएका छन् । पीडितहरूले मेयर शहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर मेयर साहले प्रदर्शन गर्नसमेत रोक लगाएको भन्दै नाराबाजी गरे ।

पीडितहरू महानगरले खुलामञ्च प्रवेश गर्न नदिदाँ वीर अस्पताल अगाडिको सडकमै बसेर नाराबाजी गरिरहेका छन् । पीडितहरूले बालेन शाह मुदार्वाद, मिटरब्याजीलाई कारबाही गर, हाम्रो पैसा फिर्ता गर, पीडितलाई न्याय दे, मिटरब्याजीको सम्पपत्ति छानबिन गर जस्ता नारासमेत लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर