मिटरब्याजपीडितलाई भेटेर रवि लामिछानेले भने- हामी साथमा छौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्।

मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याजपीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन्।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए। उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए।

सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्न नहुने बताए। उनले मिटरब्याजपीडितहरूको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरूको समस्या समाधान गर्ने बताए।

मिटरब्याजपीडितहरूको विरोध प्रदर्शनस्थलमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि पुगेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर