मिटरब्याजीलाई कारबाही गर्ने गरी कानून संशाेधन गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारकाले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानून बनाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्ने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो।

‘मिटरब्याजको सम्बन्धमा मुलुकी अपराध संहितामा समावेश गर्ने भन्ने कुरा छ,’ एक मन्त्रीले भने, ‘यसबारे कानून संशोधनका लागि प्रक्रियामा लैजाने निर्णय भएको छ।’

केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याजपीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गासहितको वार्ता टोली गठन गरेका हुन्।

मिटरब्याजपीडितहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो। पीडितका प्रतिनिधिहरूले भने आफूहरूलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटरब्याजपीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *