मन्त्रालय भागबण्डामा अझै जुटेन सहमति, भोलि फेरि बैठक बस्ने

सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डा सकसपूर्ण बन्दै गएको छ । मन्त्रालय भागबण्डा टुंगो लगाउन भनेर प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो । बैठक बुधबार बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो । मंगलबार बिहान मात्रै प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुई वटाभन्दा बढी दिन नसकिने बताएका थिए ।

यस्तै कांग्रेसले आठ मन्त्रालय पाउने भनिए पनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन । यस्तै जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा सहमति जु्ट्न नसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर