मिटरब्याजपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने निर्णयमा एमालेको विमति

मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले विरोध गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित नागरिकलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले सो आयोग बनाउने निर्णय लिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।

सांसद गैरेले मिटरब्याजपीडितहरूलाई अलमल्याउने गरी सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरूलाई कारबाही गर्न पनि सरकारसँग माग गरे।

सांसद गैरेले प्रतिनिधि सभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूको प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अनिवार्य व्यवस्था गर्न पनि सभामुखको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर