सत्तारूढ दलहरू दशतिर फर्किएका छन्, देश बन्नै सक्दैन : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमालेविरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।

एमालेको पक्षमा छैनौं भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू बनाएको ओलीको जिकिर थियो। उनले सत्तारूढ दलहरू दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने पनि बताए।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे।

दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाइ थियो। उनले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरूले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए। उनले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेको पार्टीले देशव्यापी रूपमा ग्रासरुट अभियान चलाएको स्पष्ट पारे।

आफूहरू अब गठजोडको पक्षमा नलाग्ने पनि ओलीले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर