जानकी मन्दिरमा इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन

राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानको केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा ललितपुर स्थित दमकल चौकदेखि रैली निकली मुस्लिम आयोगको अगाडि पुगेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा अभियानका अभियन्ताहरुले जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ, मुस्लिम आयोग खारेज गर, इलस्लामिक अतिक्रमण बन्द गर, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ, जिहादी आतंकवाद मुर्दावाद र हिन्दु एकता जिन्दावाद भन्दै नारा लगाएका थिए ।

कोण सभामा परिणत भएको प्रदर्शनमा अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको बताए । उनले भने,‘हिन्दूहरूमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीको अवसरमा जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ कि नेपालमा जिहादी गतिविधि बढेको छ ।’

सोही क्रममा उनले मुस्लिम आयोगले उक्त विषयलाई लिएर झुठो प्रेस विज्ञप्ति निकालेको बताए । उनले भने, मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले समाजिक सदभावमा असर पु¥याएको छ।’

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पू यादव, अभियानकी सदस्य मिना देवी, दिवस पटेल लयायत सयौँको संख्यमा अभियन्ताहरु सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर