धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहितायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन्।

मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताए। उनले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रूपमा अघि बढ्न प्रेरित गर्ने बताए। उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरूलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनुयायीहरू सफल रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर