देश अराजकतातिर उन्मुख छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताएका छन्। मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतीत, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।

नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गरे। उनले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानीमा राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताए।

उनले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताए। उनले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गरे। नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतीको विषय बनेको बताए।

नेता केसीले नेपालमा रैथाने विश्वविद्यालय खोल्ने घोषणा मन्त्रीले गरेको भन्दै रैथाने विश्वविद्यालय भनेको के हो र कस्तो हुन्छ ? भन्दै प्रश्न गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *