समाज र नागरिकहरूलाई सभ्य बनाउन खेलाडीहरू अनुशासित हुन आवश्यक : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यक रहेको बताएका छन्।

मंगलबारबाट काठमाडौंमा शुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता सिंहले जुनसुकै विधाका खेलाडीहरु पनि अनुशासित भएर खेलमा प्रस्तुत हुँदा उनीहरुका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने बताए। खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिने उनको भनाइ छ। उनले खेलले स्वस्थ बनाउने मात्रै नभइ समाज सभ्य राख्न महत्वपूर्ण भुमिका खेल्ने बताए।

उनले भने, ‘खेलाडीहरु जुनसुकै विधाका किन नहुन्, फुटबल, क्रिकेट, भलिबल, ब्यामिन्टन, टेबलटेनिस सबै किसिमका खेलाडीहरुले नेपाली नागरिकलाई असल नागरिक बनाउनमा खेलाडीहरु अनुशासित हुनुपर्छ। खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिन्छ, यसलाई मध्यनजर गरेर हामी अघि बढ्नुपर्छ। हामी स्वास्थ्यको कुरामा मात्रै नभइ सचेत नागरिक बन्न पनि खेलकुदले महत्वपूर्ण भुमिका निर्वाह गर्छ। सबै खेलाडीहरुले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने मौका दिएको छ। यसमा तपाईहरुले आफ्नो प्रतिभा देखाउन सक्नुहुनेछ। राष्ट्रिय स्तरमा छनोट हुन यो महत्वपूर्ण सावित हुन्छ।’

नेता सिंहले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलाडीहरु उत्पादन स्थल भएको र यस प्रतियोगिता खेलाडीहरुका लागि पनि राष्ट्रिय स्तरमा छनोट हुने माध्यम बन्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर