भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण बढ्यो

भारतमा रोजगारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ ।

भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाइ गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो । नेपाल र्फकनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिइन् ।

उनले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको बताइन् । उनले जमुनाहा नाकाबाट दैनिक करिब डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको बताइन् । साहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताइन् ।

कोरोनाको पोजेटिभ देखिएकाहरुमा सामान्य लक्षण देखिएकाले उनीहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर