सूर्य नेपालको ‘मिन्ट-ओ बाइट’ टफी बजारमा

नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन ‘मिन्ट-ओ बाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ। ‘फ्रेशनेस इन एभरी बाइट’को नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्विस्ट र्‍याप प्याकमा उपलब्ध हुनेछ।

मिन्ट-ओ बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुनेछ। मिन्ट-ओ बाइटको प्रयोगले अद्भूत शीतलताको आभासका साथै रिफ्रेशिङ अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

मिन्ट स्वादले ताजा श्वासका साथै आत्मविश्वास पनि जगाउनेछ। अक्वा निलो र्‍यापरमा उपलब्ध मिन्ट-ओ बाइट बजारमा अरू उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरूभन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरूले मिन्ट-ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन्। मिन्ट-ओ बाइट नेपालभरिका खुद्रा पसल तथा सुपरमार्केटहरूमा उपलब्ध हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर