एनएमबी बैंकद्वारा जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जनकपुरधामको जानकी आँखा अस्पताललाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरू खरिद गर्नका लागि हस्तान्तरण गरिएको हो।

सो कार्यक्रममा बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेशकुमार झालगायतको उपस्थिति रहेका थियो। साथै आँखा अस्पतालको तर्फबाट सभापति नरेशप्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धीरेन्द्रमोहन झालगायत अन्य पधाधिकारीहरू उपस्थित थिए।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया, २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर