पर्वहरूले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्ने बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले एक समुदायले अर्को समुदायलाई आफ्ना चाडपर्वहरुमा बोलाउँदा सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता आदानप्रदान हुने बताए। उनले देश निर्माणका लागि मुस्लिम समुदायले नेपालमा लामो समयदेखि हत्वपूर्ण भुमिका खेल्दै आएको पनि बताए।

सभामुख घिमिरेले इस्लाम धर्मावलम्वीहरुका लागि रमजान पर्व हिन्दुहरुको दशैँजस्तै भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर