सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैनझैं गरी समाचार छापे : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएकी हुन्। मन्त्री शर्माले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरूका बारेमा पछिल्लो समय सञ्चारमाध्यमहरूमा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गरिन्।

उनले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुहरूलाई लिएर समाचार प्रकाशन एवं प्रशारण हुँदा नीति निर्माण गर्नेहरूलाई कानून नै बनाउन नहुने हो कि भन्ने स्थिति आएको बताइन्। उनले प्रक्रिया सुरु नगर्दा नै सञ्चारमाध्यमहरूले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप लगाइन्।

मन्त्री शर्माले कानून बनाउँदा सरकारले राष्ट्रिय हीत सर्वोपरी राखेर नै निर्माण गर्ने र कानून निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रूपमा जानकारी रहेको पनि बताइन्। उनले अनलाइन मिडियाहरूलाई नियमन गर्नसक्ने कानून सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबैकुरा समेटेर निर्माण गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री शर्माले सञ्चारमाध्यमहरूले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवं प्रसारण गरेको बताइन्। उनले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताइन्। उनले सञ्चारमाध्यमहरूले सकारात्मक कुराहरूलाई बाहिर नल्याएको आरोपसमेत लगाइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *