जीवितै छ नेवाः संस्कृति (फोटो फिचर)

नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौं उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् ।

वाग्मती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिमस्थल हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसंगीत, खानपान, जात्रालगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ । नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकलालगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् ।

साहित्य साधना, कलाकारिता, राजनीतिलगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ । विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमुना र मानवीय सहिष्णुताको आधार पनि हो । नेवारहरूको पर्व, नेवारी संस्कृति र पर्व अनुसारका फरक-फरक जात्राले विश्वमा नै एउटा पृथक् जातका रूपमा रूपमा स्थापित गरेको छ ।

विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छ नेवारी समुदायले । तर, यसो भन्दै गर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ ।

सबै तस्बिरहरू : न्यूज एजेन्सी नेपाल 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर