४ एआईजीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा हालै बढुवा भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले दर्ज्यानी चिह्न लगाएका छन्।

शुक्रबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङले आइतबार दर्ज्यानी चिह्न लगाएका हुन्।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

बढुवा भएका एआईजीहरूको पदस्थापनसमेत शुक्रबार नै भइसकेको छ। एआईजी भण्डारीलाई मानव स्रोत, गिरीलाई प्रदेश समन्वय निर्देशनालय, चौधरीलाई कार्य विभाग र तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर