मिटरब्याजपीडितको समस्या समाधानबारे सरकारलाई संसदमा तत्काल जानकारी गराउन माग

राष्ट्रिय सभाकी नेकपा (एमाले) की सांसद डा. विमला राई पौड्यालले मिटरब्याजपीडितहरूको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छन्।

मिटरब्याजपीडितहरूको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ भन्ने थाहा नपाएकाले संसदलाई सोबारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौड्यालको भनाइ छ।

सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि आफूहरूले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि बताइन्।

सांसद पौड्यालले मिटरब्याजपीडितहरूको दुःखमा साथ दिने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर