अमृतपाल सिंहलाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक : रघुजी पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताए।

सांसद पन्तले भने, ‘कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानूनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन। नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ।’

उनले नेपाल-भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्न र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर