सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ

सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता घुससहित पक्राउ परेका छन्।

घर नक्सापासका लागि सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो।

उनलाई विराटनगर महानगरपालिका-५, पुल्चोक छेउबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फ जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर