घुससहित रंगेहात असई पक्राउ

अख्तियार दुरुपोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (असई) लाई घुससहित रंगेहात नियन्त्रणमा लिएको छ।

बलात्कार पीडितले दिएको जाहेरी दर्ता गर्नुको सट्टा पीडितसँग उल्टै ९ हजार माग गर्ने असई सचिन भदिसवारलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत असई भदिसवारलाई घुससहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

अदालतले समेत जाहेरी दर्ता गर्न आदेश दिएको मुद्दामा पीडितबाट उल्टै घुस मागेको अभियोगमा अख्तियारले भदिसवारलाई बिहीबार साँझ साढे ५ बजे मिर्चैया नगरपालिका-५, थानाचोकबाट नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *