पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न, अरू क-कसले पाए विभूषण ?

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न पदवी प्रदान गरिएको छ। असोज ३ गते संविधान दिवसका दिनकाे घोषणाअनुसार पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालालाई शुक्रबार नयाँ वर्ष २०८० का अवसरमा शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले सो पदवी प्रदान गरेका हुन्।

राष्ट्रपति पौडेलले स्वर्गीय कोइरालासहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ९८२ जनालाई विभूषण प्रदान गरेका हुन्।

पूर्वघोषणाअनुसार नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज विभूषित गरिएको हो।

निर्वाचन आयोगका आयुक्तहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, कलाकार राजेश हमाल र दीपकराज गिरी, चारवटै सुरक्षा निकायका अधकिारीहरूलगायतले विभूषण प्राप्त गरेका छन्।

हेर्नहोस् सूची :

थप तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर