भौतिक पूर्वाधार राज्यमन्त्री बनिन् एकीकृत समाजवादीकी नन्दा चपाईं

नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन्।

आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चपाईंलाई राज्यमन्त्रीको शपथ गराएका छन्।

भौतिक पूर्वाधारमन्त्री एकीकृत समाजवादीका प्रकाश ज्वाला छन्।

आजै परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका एनपी साउद नियुक्त भएर उनले पदभार पनि सम्हालसिकेका छन्। सरकारले पूर्णता भने अझै पाएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर