डलर साटिदिने भन्दै लाखौं लुटपाट गर्ने ३ जना पक्राउ

अमेरिकी डलर साटिदिने भन्दै लाखौं रकम लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका सुकलाल पाइन, इनकुमार पाख्रिन र सूर्यबहादुर पाइन छन्।

अमेरिकी डलर साट्ने प्रलोभन देखाएर ललितपुरको हरिसिद्धिबाट १८ लाख, काठमाडौंको चोभारबाट १८ लाख र ललितपुरको इमाडोलबाट १० लाख रुपैयाँ लुटपाट गरेको उनीहरू पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूलाई गत ३० चैतमा ललितपुरको ढुंगेली बसपार्कबाट पक्राउ गरिएको हो।

पक्राउ परेका सुकलाल पाइन यसअघि २०७६ सालमा डाँकाचोरी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको रेग्मीले बताए। पक्राउ परेकाहरूमाथि अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त, सातदोबाटोमा पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर