सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलिदेखि

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ ।

७२ होलको प्रतियोगिता भोलिदेखि सुरु भएर बिहीबारसम्म चल्नेछ । कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३२ प्रोफेसनल र ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन् ।

विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यावसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, निरज तामाङ, रामे मगर र रवि खड्कालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । तर यी शीर्ष वरियताका गल्फरहरूले छैटौ प्रतियोगिताका विजेता सदभाव आचार्य र १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङको चुनौती पन्छाउनु पर्नेछ । अन्य एमरच्योर गल्फरहरू टासी छिरिङ, वाङचेन ढोन्डुप र विजय श्रेष्ठ आइनहाउसले पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

गोकर्ण गल्फ कल्बले प्रतियोगिताको लागि सबै तयारी पूरा गरेको छ । पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो वर्ष एमेच्योर र प्रोफेसनल गल्फरहरुबीच कडा प्रतिस्पर्धा भइरहेको र यसले नेपाली गल्फ विकासको लागि सहयोग पुग्ने बताए । उनले नेपाली गल्फको विकासमा निरन्तर सहयोग गरेकोमा प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद प्रदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर