राष्ट्रियसभालाई सरकारले संघीय संसदको रूपमा स्विकार्न सकेन : जितेन्द्रनारायण देव

राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रूपमा स्विकार्न नसकेको बताएका छन्। सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको महत्त्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताए। उनले सरकारले पनि संघीय संसद भनेको राष्ट्रियसभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसदको एउटा अंग हो र राष्ट्रियसभाबिना संघीय संसद हुन सक्दैन भन्ने कुरा मान्न नसकेको बताए।

उनले प्रतिनिधिसभाभन्दा कुनै पनि हिसाबले राष्ट्रियसभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे। उनले सरकारले राष्ट्रियसभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव गम्भीरताका साथ नलिएको पनि बताए।

राष्ट्रियसभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर