मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

मलेसिया पठाएर राम्रो कम्पनीमा काममा लगाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१०, बानेश्वर, थापागाउँकी ५१ वर्षीया विमला थापा छिन्।

उनले कमल चौधरीबाट रकम लिई सम्पर्कविहीन बनेको भनी वैदेशिक रोजगार विभागले पक्राउ गरिरिदन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो। कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा सोमबार थापागाउँबाटै उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *