रुसमा राष्ट्रपति पुटिनका आलोचकलाई २५ वर्षको जेल सजाय

रुसको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भ्लादिमिर कारा-मर्जालाई २५ वर्षको जेल सजाय सुनाएको छ।

युक्रेन युद्धकाे विराेध गरी देशद्रोह गरेकाे, रुसी सेनाको बारेमा झुटो सूचना फैलाएको र अवांछनीय संगठनसँग आबद्ध भएको आरोपमा उनलाई दोषी ठहराइएको बीबीसीले जनाएको छ।

यद्यपि कारा-मर्जाले भने सबै आरोप अस्वीकार गरेका छन्। उनले आफू जेल पर्नुमा पछुतोको साटो गर्व लागेको बताएका छन्।

‘मलाई थाहा छ, त्यो दिन आउनेछ जब हाम्रो देशलाई घेरेको अन्धकार हट्नेछ,’ उनले भनेका छन्, ‘हाम्रो समाजले आफ्नो आँखा खोल्नेछ र काँप्नेछ जब यो थाहा हुनेछ कि यसको नाममा के अपराध गरियो।’

संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख, जर्मनी र बेलायती सरकारले रुस र बेलायतको दोहोरो नागरिकता रहेका कारा-मर्जाविरुद्धको सजायको निन्दा गर्दै उनको रिहाइको माग गरेको सीएनएनले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर