राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्केका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए।

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्स-रे गरी परीक्षण गरेको उनको सचिवालयले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर