‘मिटरब्याज र लघुवित्तपीडितमाथि भएको दमनबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजपीडित र लघुवित्तपीडितमाथि गरिएको दमनबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याजपीडित र लघुवित्तपीडितहरूमाथि प्रहरीले लाठी प्रहारसहितको दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने उनको भनाइ छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सरकारले संविधानमा उल्लेख गरिएको वाक् स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने हकको हनन् हुने गरी उनीहरूमाथि प्रहरी लगाएर लाठी प्रहार गर्न लगाएको भन्दै त्यसो नगर्न पनि सचेत गराए।

उनले मिटरब्याजपीडित र लघुवित्तपीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद सुवालले पीडित जनताको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर