एनएमबी बैंकद्वारा टीसीएक्स र एमएफएक्स करेन्सी रिक्स सलुसन्ससगँको सहकार्यमा नेपालको पहिलो हेजिङ कारोबार सम्पन्न

विकासोन्मुख देशहरूको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स इन्सटिच्युसन (डीएफआईएस) हरूले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्त्वपूर्ण हुन्छ। नेपालमा उपलब्ध स्रोत र साधनहरूका कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाइको देश भएको छ। विदेशी यस्ता दातृनिकायहरूबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। फलस्वरूप यसरी प्राप्त हुने विदेशी मुद्राको उतारचढावलाई नियन्त्रण गर्नका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ।

यस्ता उतारचढाव नियन्त्रण गर्नका लागि एनएमबी बैंक लिमिटेडले दि करेन्सी एक्सचेञ्ज फण्ड (टीसीएक्स), आम्सटर्डम र एमएफएक्स करेन्सी रिस्क सलुसन्स, वाशिङ्टनसगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापुर्वक हेजिङ कारोबार गरी नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गर्ने नेपालको अग्रणी वाणिज्य बैंक भएको छ। नन डेरिभरेवल कस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ उपकरण टीसीएक्सले उपलब्ध गराएको र सोसम्बन्धी कारोबार गर्नका लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो।

यस हेजिङ कारोबारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोगप्रतिको प्रतिबद्धता दर्शाउने बैंकले जनाएको छ। यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ कारोबारले देशभरि स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोबार गर्नका लागि मार्गप्रशस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबी बैंकले विश्वास लिएको छ।

टीसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिई स्थापना भएको संस्था हो। https://www.tcxfund.com/ सन् २००९ मा एमएफएक्स करेन्सी रिस्क सलुसन्स धितोको बोझ हटाउँदै लगभग सबै उदीयमान बजारहरूमा माइक्रोफाइनान्स ऋणदाताहरूलाई पहुँचयोग्य हेजिङ उपकरणहरू प्रदान गर्ने उदेश्य लिई स्थापना भएको संस्था हो।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एशिया-२०२१ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ। एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर