रविप्रति घनश्याम भुसालको कटाक्ष : ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन्

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन्।

बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन्।

उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए। उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफ्नो विचार र आफ्ना समर्थक मात्रै असल हुन्, अरू सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको बताए।

उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट सुरु भएको आरोप लगाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको आरोप लगाए। उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरूले जित्ने बताए।

महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीको नजिक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर