नेपाल प्रहरीका १३ एसएसपीहरु डीआईजीमा बढुवा नियुक्त

नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा नियुक्ति भएको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार उनीहरुलाई बढुवा समितिकाे सिफारिसका आधारमा बढुवा गरेका हुन् । नियमावलि अनुसार उनीहरुलाई बढुवा सिफारिस समितिले अघिल्लो बुधबार बढुवा सिफारिस गरेको थियो ।

बढुवा नियुक्तहुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा नियुक्त भएकाहरुले आजै विशेष समारोहकाबीच प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदानगर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर