बढुवा भएका १३ डीआईजीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा बुधबार बढुवा भएका १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूले दर्ज्यानी चिह्न लगाएका छन्।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई डीआईजीमा बढुवा गरेको थियो।

बढुवा हुनेहरूमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ रहेका छन्।

यस्तै जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि डीआईजीमा बढुवा भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर