सेनामा जर्नेल र कर्नेल बढुवा तथा सरुवा

नेपाली सेनाका जर्नेल र कर्नेल अधिकृतहरूको बढुवा तथा सरुवा भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा तथा सरुवाको निर्णय गरेको बिहीबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार एक जना महासेनानीलाई सहायक रथी दर्जामा, एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एक जना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा गर्ने निर्णय भएको छ।

यस्तै दुई जना महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर