कोदोको सेवनले मेरो सुगर र प्रेसर हरायो, म्याराथनमा दौडिन सक्ने भएको छु : झलनाथ खनाल

नेकपा  एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिएका हुन्। उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए।

सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान् भएको बताए। उनले हरेका कुरालाई पराजय गर्नका लागि आत्मविश्वासको आवश्कछता रहेको बताए।

उनले भने, ‘मैले आफैंले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरूले कोदो खायो भने कम हुन्छ। मेरो पनि अलिअलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन। मेरो स्वास्थ्य पहिलाभन्दा धेरै राम्रो छ। म अहिले म्याराथनमा जाऔं भने पनि तयार भनेको जस्तो छु। मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ। म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ। राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन। नैतिकवान् राजनीतिज्ञ मात्रै सधैंभर आफ्नो उचाइमा बसिरहन सक्छ।’

पूर्वप्रधानमन्त्री खनालले नैतिकवान् राजनीतिज्ञ मात्रै सधैंभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर