प्रचण्ड नेतृत्वको सरकार कतिपयलाई अपाच्य भएको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताएका हुन्।

उनले आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजी आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरूलाई परिचालन गरी षड्यन्त्र रचेको हुन सक्ने आरोप लगाए। उनले कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताए।

उनले भने, ‘मिटरब्याजीहरू सिंहदरबार अगाडि आएर धर्नामा बसेको देखेँ, सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्नु जरुरी छ। हामीले किन बुझाउन सकेका छैनौँ। छानबिन र दण्ड गर्ने कुरा भइसकेपछि पनि किन हामीले बुझाउन सकेका छैनौँ। यो अनेक खालको षड्यन्त्र पनि हुन सक्छ। कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन। यसर्थमा अनेकौँ खालका षड्यन्त्र हुन सक्दछन्। हामीले यी सबै कुराप्रति सजग भएर लाग्नुपर्छ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी छरिएर रहनु राम्रो नभएको जिकिर गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर