देशलाई नयाँ आशा र विश्वास दिने नीति, कार्यक्रम र बजेट ल्याउँछौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी)ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले अहिले आफूहरू सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनीभूत ढंगले लागि परेको उल्लेख गर्दै त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने दावी समेत गरे ।

उनले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘हामी अहिले सरकारको नीति, कार्यक्रम र बजेट निर्माणमा घनीभूत ढंगले जुटिराखेका पनि छौं । जुट्न आवश्यक पनि छ । यो नीति, कार्यक्रम र बजेटले देशलाई नयाँ आशा, नयाँ विश्वास दिनुछ एकातिर भने अहिले नै हामी फेरी विदेश भ्रमणको पनि प्रक्रिया सुरु हुँदैछ । त्यसको पनि राम्रो तयारी गरेर जानुछ ।’

प्रधानमन्त्री दाहालले देश र जनताको हितमा काम गर्न लागि देशभक्त, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर जानुको विकल्प नरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *