उपनिर्वाचन-२०८०

बारा-२ काे मतगणना सुरु

प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। शैक्षिक तालिम केन्द्रमा केहीबेरअघि मतगणना सुरु भएको हो ।

मतगणना करैयामाई गाउँपालिका-१ र सुवर्णपुर गाउँपालिका-१ नम्बर वडाबाट सुरु गरिएको छ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) का पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेल उम्मेदवार छन् ।

यसअघिको निर्वाचनमा बारा-२ बाट विजयी भएका जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर