न्युजिल्याण्ड पठाइदिने भन्दै ५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-३, पुछारबजार घर भई काठमाडौंको टोखा नगरपालिका-६, बानियाँटार, धनेश्वर मन्दिर बस्ने ३८ वर्षीय हरिजंग गुरुङ छन्।

उनले राजेश श्रेष्ठसहितबाट गरी ५ लाख ६ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार उनले पीडितहरूलाई न्युजिल्याडमा प्रतिष्ठित होटलमा काममा लगाइदिने, मासिक १ लाख ५० हजार रुपैयाँभन्दा बढी तलब हुने भनी प्रलोभनमा पारेका थिए।

रकम लिएर सम्पर्कविहीन भएका उनलाई पक्राउ गरिदिन भन्दै वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो।

आइतबार पक्राउ गरिएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी राठौरले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर