पुस्तकालय व्यस्थापनका लागि सरकारले आवश्यक कानून ल्याउनुपर्छ : ठाकुर गैरे

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरले पुराना पुस्तकालयहरूको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले कानूनको अभावमा पुस्तकालयहरूले समस्या भोगिरहनु परेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानून बनाउन सरकारसँग माग गरेका हुन्।

सांसद गैरले पुस्तकालयको उचित व्यवस्थापनका लागि कानून बनाउने गरी तत्काल संसदमा विधेयक पेस गर्न पनि सरकारलाई सचेत गराए।

सांसद ठाकुरले पुस्तक पढने संस्कृति नै हराउन लागिरहेका बेला सरकारले पुस्तकालयको व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर