इजरायल पठाइदिने भन्दै ४८ लाख ठगी, महिला पक्राउ

इजरायल पठाइदिने भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौंको कपन बस्ने ३२ वर्षकी हरिकला दाहाल पक्राउ परेकी हुन्।

उनले इजरायलमा कन्स्ट्रक्सनमा काममा लगाइदिने प्रलोभनमा पारी दीपक दाहालसहित ५ जनाबाट ४८ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

उनलाई मंगलबार दिउँसो चावहिलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेकी दाहाललाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी रेग्मीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *