बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखियो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए । पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि जनाए । उनले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको उनको दाबी थियो ।

उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरीत रहेको बताए । ‘जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर