योग्यताक्रम विपरीत भर्ना प्रक्रियाविरुद्ध चिकित्सकको प्रदर्शन

एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा डा. कञ्चन दुवाडीले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएका कारण आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

त्यस्तै डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिए पनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाए । उनले दक्षताको मात्रै समस्या नभई छात्रवृत्ति र पैसा तिर्ने कुरामा पनि समस्या रहेको बताए । त्यस्तै प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत वर्षको पुस २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको बताए ।

उनले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरुले धम्कीपूर्ण रुपमा विद्यार्थीहरुलाई दबाब दिइरहेको बताए । उनले आफ्नो माग पूरा नभएसम्म निरन्तर बिरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिए । त्यस्तै प्रदर्शनकारी डा.श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरुमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताए । उनले मुद्दा विद्यार्थीहरुको पक्षमा आए पनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको बताए ।

उनीहरुले विगत ४ महिना यता आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर