बलराम विश्वकर्मा बने ‘हिमालय लोकस्टार’

नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा भएका छन् । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए। विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

‘मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ’, उनले भने । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए। उनले तीन लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे। यस्तै क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै दुई लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *