विद्यार्थीको हितविपरीत रहेको भन्दै वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग

सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग उठेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ विद्यार्थीको हितविपरीत रहेको भन्दै सरोकारवालाहरूले यो निर्देशिका खारेजीको माग गरेका हुन्।

बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले सो निर्देशिका विद्यार्थी, अभिभावक र व्यवसायीको हितविपरीत आएको बताएका छन्। विद्यार्थीहरूले आफ्नो इच्छा र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूर्ण रूमा परिवर्तन गर्नुपर्ने माग गरिएको छ।

शिक्षा ऐन अथवा शैक्षिक परामर्शसँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेर मात्रै निर्देशिका आउनुपर्ने ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए। निर्देशिका सही मनशायबाट नआएको उनको भनाइ छ।

सरकारले जारी गरेको निर्देशिका शिक्षा सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहेको समेत उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *