कांग्रेसका डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

नेकपा (माओवादी केन्द्र) सहित ८ दलका ५२ जना र एक जना स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लीला गिरीले विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका थिए। राष्ट्रपतिको निर्वाचनसँगै केन्द्रमा फेरिएको सत्ता समीकरणका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

यसपछि प्रदेश प्रमुखले दुई वा दुइ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। चौधरीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री चौधरीले शपथ भने शुक्रबार लिनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर