बन्देजको नीतिबाट शैक्षिक समस्या समाधान हुन सक्दैन : अध्यक्ष पाण्डे

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमै प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने बताएका छन्।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले अहिलेको राज्यको नेतृत्व समयानुकूल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरू बन्ने गरेको बताए। उनले नेपाली विद्यार्थीको आवश्यकताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरू विदेश जाने क्रम बढेको बताए।

उनले एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने बताए। उनले बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समस्या समाधान हुने हो भने राहदानी दिन बन्द गर्नुपर्ने बताए।

अध्यक्ष पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रियस्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *