वैज्ञानिकलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले बनाउनुपर्छ : खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताएका छन्।

आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका उनले यस्तो बताएका हुन्।

उनले महावीर पुनका मागहरू गठबन्धनको बैठकमा एजेण्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताए। उनले देशका वैज्ञानिकहरूलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको बताए।

उनले आफू अहिले भुँइमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाएको बताए। उनले महावीर पुनका मागहरू प्रधानमन्त्री एक्लैले समाधान गर्न सक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताए।

उनले देशमा वैज्ञानिक आविष्कारका कुरा र नवप्रवर्तनका कुरालाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्ने जति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्न सक्ने वातावरण नबनाए युवा वैज्ञानिकहरू बहिर्गमनमा जाने खतरा पैदा भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर